काठमाण्डौ महानगरको मेयरबाट बालेन शाहले दिए राजीनामा : कार्यवाहक मेयर सुनिता डंगोललाई



काठमाण्डौ महानगरको मेयरबाट बालेन शाहले दिए राजीनामा : कार्यवाहक मेयर सुनिता डंगोललाई

काठमाण्डाै ४ माघ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो उपमेयर सुनिता डङ्गोल समक्ष राजीनामा बुझाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि शाहले राजीनामा दिएका हुन् । नेपालको संविधान २०७२ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था बमोजिम आजैदेखि लागू हुने गरि स्वेच्छाले राजीनामा पेश गरेको पत्रमा भनिएको छ । बालेन शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय वनस्थली पुगेका छन् । कार्यालय प्रवेशका क्रममा उनलाई रास्वपाका नेता/कार्यकर्ताले स्वागत गरेका छन् ।

बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा छन् । यता बालेन शाहले राजीनामा दिएपछि उपप्रमुख सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छिन् । आईतवार मेयर शाहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्  । मेयर शाहले राजीनामा दिएसँगै उपप्रमुख डंगोलले अब देखि काठमाडौं महानगरको कार्यवाहक मेयरको रुपमा काम गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे