रेशम चौधरीलाई आममाफी दिने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश



रेशम चौधरीलाई आममाफी दिने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं २१ पुस । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आममाफीविरुद्ध शारदा कडायतसहितले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले फाइल झिकाउन आदेश दिएको हो ।

टीकापुर घटनामा तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए।

-दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे