दाङका महिला जनप्रतिनिधिहरू संग जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण तथा संवाद कार्यक्रम



दाङका महिला जनप्रतिनिधिहरू संग जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण तथा संवाद कार्यक्रम

दाङ २२ पुस । जलवायु परिवर्तन र जैविक विविधता संरक्षण सम्बन्धी जिल्ला स्तरीय महिला प्रतिनिधिहरूका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । प्राकृतिक स्रोत महिला अधिकार सञ्जालको आयोजना तथा खाद्य तथा कृषि संस्थाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा जलवायु परिवर्तन, अनुकुलन, वनमा आधारित दिगो विकास तथा रोजगारीका विषयमा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे र लैङ्गिक न्याय र जलवायु परिवर्तनका विषयमा वन प्रशिक्षक सरिष्मा अधिकारीले प्रस्तुति राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितीका प्रमुख शर्माले मानवीय कृयाकलापका कारण जलबायू परिवर्तन भएको बताए । उनले जलबायू परिवर्तन कै कारण मौसममा धेरै परिवर्तन आएको उल्लेख गर्दै प्रमुख शर्माले जलबायू परिवर्तन गर्न जलबायु अनुकुलन र वातावरणमैत्री ब्यबहार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपमेयर हुमाकुमारी डिसीले बढ्दो जलबायु परिवर्तन रोक्न स्थानीय सरकार संगै प्रदेश र संघ सरकार पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखिन् । उनले सबै स्थानीयतहहरुले वातावरण तथा जलवायुको क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरेर नागरिकस्तरमा व्यापक जनचेतना जगाउनु पर्ने बताइन् ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष भिमप्रकाश खड्काले तीनै तहका सरकारको प्राथमिकतामा जलवायु र जैविक विविधता कार्यक्रमहरु नपर्दा पछिल्लो समय ब्यापक जलवायु परिवर्तन भएको बताए । उनले नागरिकहरुको नजिकको सरकार स्थानीय तह रहेकोले स्थानीय सरकारले जलबायुको क्षेत्रमा उल्लेखनीय कार्य गर्न आवश्यक रहेको बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, लमही नगरपालिका उप—प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, राजपुर गाउँपालिकाका अध्यक्ष धनपति यादव, बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खडका, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, डब्लु आरआर एनका कार्यक्रम संयोजक विनिता कार्की र नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी अचार्य लगायतले प्रस्तुकरण माथि छलफल तथा टिप्पणी गरेका थिए ।

कार्यक्रममा १० वटा पालिकाका उपमेयर तथा उपाध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रम ग्रीन फाउण्डेसन, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, डब्लु आरआर एन र एफएओको संयुक्त आयोजना भएको थियो । कार्यक्रमको सञ्चालन डब्लु आरआर एनकी सहजकर्ता वर्षा नेवारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे