दाङका पत्रकार तथा साहित्यकार प्रियासनको कविता संग्रह केपी ओलीद्वारा सार्वजनिक



दाङका पत्रकार तथा साहित्यकार प्रियासनको कविता संग्रह केपी ओलीद्वारा सार्वजनिक

काठमाडौँ २५ मंसिर । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरिसकेका साहित्यकार सविन प्रियासनले पहिलो कविता संग्रह सार्वजनिक गरेका छन् ।

‘केपी शर्मा ओली, समृद्धिका महानायक’ शीर्षकमा तयार गरिएको उक्त कविता संग्रह काठमाडौमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिमोचन गरेका छन् । प्रियासनका अनुसार संग्रहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा, गृहमन्त्री देखि प्रधानमन्त्री सम्म उनले बुनेका योजनाहरू, गरेका कामहरू र मुलुकको समृद्धि तथा सुशासनका लागि चालिएका कदमहरू कवितामार्फत प्रस्तुत गरिएको छ । कविता संग्रहमा कुल ५४ वटा कविताहरू समावेश छन् । प्रेस चौतारी नेपालले काठमाडौँमा सम्पादकसङा आयोजनामा विशेष समारोहबीच विमोचन गरिएको हो । पत्रकार महासंघका केन्द्रीय सचिव, प्रेस चौतारी नेपालका दुई पटक केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता समेत रहेका प्रियासनले यसअघि पनि अत्यन्तै सक्रिय साहित्यकारका रूपमा परिचित छन् ।

यसै वर्ष मात्र उनले तीन वटा उपन्यास सार्वजनिक गरेका छन् । हालसम्म उनका १३ उपन्यास, एक कथा संग्रह, एक सम्पादकीय संग्रह तथा थुप्रै गीतहरू प्रकाशित भइसकेका छन् । प्रियासनका अनुसार नयाँ कविता संग्रहमा देशको समृद्धि, सम्भावना, सुशासन र नेतृत्वका विषयहरू पूर्वप्रधानमन्त्री ओलीसँग जोडेर कवितामार्फत चित्रण गरिएको छ । पुस्तकमा एमाले महासचिव शंकर पोखरेलसहित केही नेता तथा पत्रकारहरूको शुभकामना सन्देश पनि समावेश गरिएको छ । साहित्यिक क्षेत्रमा चर्चा कमाएको प्रियासनको नयाँ कविता संग्रह प्रकाशनको पर्खाइमा अहिले साहित्यप्रेमीहरूले चासो देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे