इलाका प्रहरी कार्यालय सिसहनियाँद्धारा ठूलो मात्रामा अवैध सामान बरामद



इलाका प्रहरी कार्यालय सिसहनियाँद्धारा ठूलो मात्रामा अवैध सामान बरामद

सिसहनियाँ २५ मंसिर । दाङकाे देउखुरीमा प्रहरीले ठूलाे मात्रमा अवैध सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काकाे कमाण्डमा खटिएकाे गस्ती टोलीले साे सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । बुधबार राप्‍ती गाउपालिका वडा नं. ५ सिसहनियाँ बजार स्थित पूर्ब–पश्चिम राजमार्गमा एक यात्रुबाहक सवारी साधन चेकजाँच गर्दा लुकाई छिपाई ल्याइएको ५ सय पिस सेण्डो  र १ हजार पिस अण्डरवेर कपडा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका  १ लाख ७९ हजार १ सय २० रुपैयाँ  बराबरको सामन  कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलबस्तु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे