भालुवाङमा युवा अभियान्ता संदेश भण्डारीले देखाए पुर्व प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा र व्यानर



भालुवाङमा युवा अभियान्ता संदेश भण्डारीले देखाए पुर्व प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा र व्यानर

भालुवाङ १३ मंसिर । दाङको राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा युवा अभियान्ता सन्देश भण्डारी क्षेत्रीले पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई लक्षित गरि कालो झण्डा, व्यानर सहित सडकमा सुतेर विरोध जनाएका छन् ।

लमही-भालुवाङ सडक खण्डलाई २ लेन सडकको प्रस्तावना खारेजको माग राखि भण्डारीले लमहीमा आयोजना गरेको नेपाली कम्युनिस्ट पार्टीको लुम्बिनी प्रदेश स्तरीय एकता सभा कार्यक्रममा जाँदै गर्दा भण्डारीले कालो झण्डा र व्यानर देखाएर विरोध जनाएका हुन् । भण्डारी कालो झण्डा र व्यानर सहित सडकमा आउने बित्तिकै सशस्त्र प्रहरीले उनको व्यानर, झण्डा खोसेपछि उनी बिच सडकमै लम्पसार भएर सुतेरले विरोध जनाए । भण्डारी सडकमै सुतेपछि प्रचण्ड विपरीत लेनबाट लमही प्रस्थान गरेका थिए । एमसिसी अन्तर्गत एमसिए नेपालले यस सडकलाई दुई लेनमै सीमित गर्ने प्रस्ताव राखेपछि यसले स्थानीय तहदेखि प्रदेश नेतृत्वसम्म असन्तुष्टि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे