ट्रककाे ठक्करबाट देउखुरीकाे माैरीघाटमा एक बृद्धाकाे मृत्यु



ट्रककाे ठक्करबाट देउखुरीकाे माैरीघाटमा एक बृद्धाकाे मृत्यु

देउखुरी ३० जेष्ठ । दाङ-देउखुरीकाे माैरीघाटमा आज शनिबार राती ट्रककाे ठक्करबाट एक बृद्धाकाे मृत्यु भएकाे छ । भैरहवाबाट धनगढी तर्फ जाँदै गरेकाे ना ८ ख ५७०० नम्बरको ट्रकले बेलुका करिब ८ बजेकाे समयमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-४, जनकपुर माैरीघाटमा ठक्कर दिंदा साेही ठाउँ निवासी बर्ष ६५/७० कि चुरिया चाैधरी गम्भीर घाइते भएकी थिइन् ।

घाइते चाैधरीकाे भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरक्षक पुष्करसिंह ऐरीले जानकारी दिए । मृतक चाैधरीकाे टाउकाे, छाती लगायत शरिरका विभिन्न भागमा गम्भीर चाेट लागेकाे थियाे । मृतक चाैधरीकाे शब पाेष्टमार्टमका लागि लमही पठाईएकाे प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने ट्रक र ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका-२, गरौली बस्ने बर्ष अन्दाजी ३४ का सन्दिप धरेललाई भालुवाङ प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे