देउखुरीमा बालुवाले पुरिदा १ मजदुरको मृत्यु



देउखुरीमा बालुवाले पुरिदा १ मजदुरको मृत्यु

देउखुरी ३० जेठ । दाङको देउखुरीमा बालुवाले पुरिदा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादव रहेका छन् । आज विहान कालाकाटे – सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा यादवको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले त्यहाँ मानिस रहेको थाहा नपाई बालुवा खन्याएका थिए ।

सोही क्रममा यादव बालुवाले पुरिएर गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि जेसीबी र चालक अनिल कुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे