फोहोरमैला व्यवस्थापनका विषयमा आन्दोलनरत पक्ष नआएपछि वार्ता हुन सकेन



फोहोरमैला व्यवस्थापनका विषयमा आन्दोलनरत पक्ष नआएपछि वार्ता हुन सकेन

भालुवाङ ११ मंसिर । दाङको राप्ती गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका विषयमा आन्दोलनरत पक्ष वार्तामा नआए पछि आजका लागि तय भएको वार्ता हुन सकेन ।

राप्ती गाउँपालिका–२ पूण्यपुरमा रहेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्ध बढेपछि कठाहाका स्थानीयहरुले फोहोर संकलन केन्द्रमा ताला लगाएर आन्दोलनमा उत्रिएपछि गाउँपालिकाले आन्दोलनरत पक्षलाई शुक्रवार दिउँसो २ बजेका लागि पत्र काटेर छलफलका लागि वार्तामा बोलाएको थियो । तर आन्दोलतरत पक्ष बेलुका ४ बजे सम्म पनि नआएपछि वार्ता हुन नसकेको गाउँपालिकाले जनाएको छ । यता आन्दोलनरत पक्षका अगुवा अशोक चौधरीले भने गाउँमा २ जनाको निधन भएपछि आफुहरु वार्तामा आउन नसकेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे