कालापानी सामुदायिक वनको २२ औं वार्षिक साधारणसभा सम्पन्न 



कालापानी सामुदायिक वनको २२ औं वार्षिक साधारणसभा सम्पन्न 

सिसहनियाँ ४ असोज । कालापानी सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका-५ कालापानीको २२ औं वार्षिक साधारणसभा शनिबार खाैराहाबाबा धार्मिक तथा पर्यटकीय स्थलमा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष श्यामा रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभा उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले सामुदायिक वन भित्रको पार्कलाई व्यवस्थित गर्न सके सामुदायिक वनको विकास हुने बताएका छन् । सामुदायिक वनमा अहिले जुन किसिमको आर्थिक स्रोतको समस्या छ त्यो पार्कको विकास भएमा मात्र आन्तरिक तथा बाह्य पर्यटकले स्रोत बढ्ने बताएका थिए । सभामा वार्षिक प्रगति विवरण समुहका सचिव घनश्याम पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभाखर आचार्यले प्रस्तुत गरेका थिए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा निर्वतमान वडा अध्यक्ष गोवर्धन रावत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, समुहका निर्वतमान अध्यक्ष छविलाल चाैधरी, सव डिभिजन वन कार्यालय राप्तीका प्रमुख सहायक वन अधिकृत गोविन्द बुढाथोकी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ राप्तीका कोषाध्यक्ष निर्मला रोका, शंकर सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष इमानसिंह कार्की, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी सहायक निरिक्षक भागवत चाैधरी, राप्ती चेम्बर अफ कमर्सका दोस्रो उपाध्यक्ष विष्णुप्रसाद सुवेदीको विशेष उपस्थिति रहेको थियो । समुहका उपाध्यक्ष विष्णुप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका कोषाध्यक्ष शोभाखर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे