नेपालमै उत्पादित केरा खरिद बिक्री गर्न थोक तथा फुटकर केरा व्यवसायीहरूको सुझाव
सिसहनियाँ ५ असोज । नेपालमै उत्पादित केरा खरिद बिक्री गर्न सम्पुर्ण थोक तथा फुटकर केरा व्यवसायीहरूको सुझाव दिएका छन् । राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदी सहित केरा उत्पादक किसानहरु तिर्थराज ज्ञवाली, कुमार पुन, भानुभक्त राेकाय, युवराज पन्थी जैशी, राम औतार चौधरीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
हाल नेपालमा उत्साहजनक रुपमा केरा उत्पादन भईरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नेपालमा केहि महिना नेपाली बजारमा थेग्न सक्ने, दशै तिहार, छठ तथा रामनवमी जस्ता चार्डपर्व सम्म पुर्ण रुपले पुग्ने र अरु समयमा पनि नेपालमा पुग्ने गरि केरा उत्पादन भईरहेकोले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नका लागि नेपालमै उत्पादन भएको केरा बिक्री वितरण गर्न थोक तथा फुटकर केरा व्यवसायीहरूले अनुरोध गरेका छन् । साथै नेपाली केरा उपभोग गर्न आम नेपाली दाजुभाई दिदी बहिनीहरुमा समेत उनीहरूले अनुरोध गरेका छन् ।
दाङमा पछिल्लो समय व्यवसायिक रुपमा केरा खेती गरिदै आइएको बताइएको छ । जिल्लाभरी करिव १ हजार विघामा मालभोग, हरिसाल तथा अन्य जातका केरा खेती भइरहेको सुचनामा उल्लेख छ । पछिल्लो समय नेपाली बजार तथा स्थानीय बजारमा विदेशबाट आयात गरिएको केरा आउँदा नेपाली पैसा विदेश गईरहेको छ । नेपाली केरा किसानको केरा बिक्री वितरण नहुँदा बेरोजगारी बढ्ने, उत्पादक हतोत्साहित हुने सम्भावना सृजना भएको छ । केरा उत्पादकहरुलाई हतोत्साहित हुने कार्य तत्काल रोक्नुपर्ने अवस्था रहेको सुचनामा उल्लेख छ । स्थानिय तथा सम्पुर्ण थोक तथा फुटकर केरा व्यवसायीहरु नेपाली केरा किसानलाई प्रोत्साहन गर्नका लागि नेपालमै उत्पादित केरा खरिद बिक्री गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् । साथै सरकारी निकाय तथा सरोकारवालाहरलाई सोही अनुसारको व्यवस्था मिलाई दिनुहुन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

