भालुवाङ सहित दाङका विभिन्न स्थानमा जेनजीको शान्तिपूर्ण प्रदर्शन
भालुवाङ २३ भदाै । दाङका विभिन्न ठाउँमा जेन–जीले प्रदर्शन गरेका छन्। दाङको भालुवाङ सहित लमही घोराही र तुलसीपुरमा ठूलो संख्यामा जेन–जी सडकमा देखिएका थिए ।
भ्रष्टाचारको विरोध र सामाजिक सञ्जाल माथि लगाइएको प्रतिबन्ध फुकुवाकाे माग गर्दै उनीहरु सडकमा उत्रिएका छन् । यसै बीच साेमबार दाङकाे भालुवाङमा पनि जेन–जीहरुले प्रदर्शन गरेका छन्। विभिन्न स्कुल र कलेजका विद्यार्थी सहित जेनजीहरू प्रदर्शनमा सहभागी थिए। उनीहरुले सरकारले बन्द गरेकाे सामाजिक सञ्जाल सुचारु र भ्रष्टचार नियन्त्रण गर्न माग गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए । गर्मीमा पनि उनीहरु भालुवाङ पुल्चाेक स्थित कृष्णसेन इच्छुक चाेकमा जम्मा भएर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले हातमा प्ले कार्ड नेपालकाे झण्डा र व्यानर बाेकेर सामाजिक सञ्जाल यथाशिघ्र सञ्चालन गर्न र मुलुकमा चरम भ्रष्टाचार मौलाएको लगायत गुनासो नारा मार्फत राखेका थिए।
स्वस्फूर्त रूपमा भएको भनिएको आन्दोलनमा यस क्षेत्रका चलेका विद्यालय र कलेजका विद्यार्थीहरू सामेल थिए। आन्दोलनको नेतृत्व देउखुरी तथा एरावती आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठनका नेताहरूले गरिरहेको देखिन्थ्यो। सोमबार दाङका प्रमुख बजारहरुमा भएकाे आन्दोलन शान्तिपूर्ण रूपमा सकिएको छ।


