गृहमन्त्रीको राजीनामा : छानवीन समिति बनाउने सरकारको निर्णय
काठमाडौँ २३ भदाै । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्।
स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। आन्दोलनमा सरकारले व्यापक दमन गर्दा ठूलो मानवीय क्षति भएको छ। प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा दुई जना गरी १९ जनाले ज्यान गुमाएका छन्। प्रहरी दमनबाट ३०० जनाभन्दा बढी घाइते भएका छन्। यसै गरी मन्त्रिपरिषदको बैठकले आज भएको हिंसात्मक घटनाको छानवीन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्

