पत्रकार गुप्ताले निलसागरमा फलफूल वितरण र शुभकामना साटासाट गरेर जन्मदिन मनाए
भालुवाङ १९ भदौ । देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधानसम्पादक तथा राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका पत्रकार सन्तोष कुमार गुप्ताले आफ्नो जन्मदिन विशेष ढंगले मनाएका छन्।
उनले बुधबार दाङ राप्ती गाउँपालिका-८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण र नगद १ हजार समेत सहयोग गरे । गुप्ताले आश्रममा सडक आश्रित बुवा आमाहरू सँग आशिर्वाद लिदै आफ्नै हातबाट फलफूल समेत खुवाए । सो अवसरमा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले गुप्तालाई जन्म दिनको शुभकामना व्यक्त गरे । यता गुप्ताले आफ्ना साथीहरू बीच जन्म दिनको शुभकामना साटासाट समेत गरे। राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना साटासाट कार्यक्रम भएको हो ।
सो अवसरमा उनीसँगै रहेका साथीहरूले दीर्घायु, स्वास्थ्यलाभ र पेशागत सफलताको शुभकामना व्यक्त गरेका थिए। फलफूल वितरण मार्फत गुप्ताले समाजमा सकारात्मक सन्देश प्रवाह गरे। सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका गुप्ताले पत्रकारिता मात्रै नभई समाजसेवामा पनि योगदान दिने लक्ष्य रहेको बताए। उनले जन्मदिनलाई केवल व्यक्तिगत खुसी नभई समाजसँग जोडेर मनाउनु आवश्यक रहेको समेत उल्लेख गरे । सो अवसरमा इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख पुष्करसिंह ऐरी, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसाल, पत्रकार विदुर एमसी, गुप्ताकी जिवनसंगेनी पम्फा गाैचन लगायतका वक्ताहरूले गुप्ताको सामाजिक कार्यप्रति सराहना गर्दै आगामी दिनमा अझ बढी प्रेरणादायी काम गर्ने अपेक्षा गर्दै जन्म दिनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

