देउखुरीकाे गढवामा महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षण सम्बन्धि अन्तरक्रिया सम्पन्न
देउखुरी ५ भदौ । दाङ–देउखुरीको गढवामा महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षण सम्बन्धि सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पंक्षी संरक्षण संघको आयोजनामा दाङ—देउखुरी, चूरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरुको संरक्षणको लागि स्थानिय सरकार र समुदायहरुको संलग्नता नामक परियोजना अन्तर्गत महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गढवा गाँउपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलको विशिष्ठ आतिथ्यतामा गाँउपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले नेपाल पंक्षी संरक्षण संघ संस्थागतक चिनारी, नेपालमा चराको अवस्था, चरा संरक्षणको महत्व, चरा संरक्षणको लागि गरिएका प्रयासहरु, चरा संरक्षणका चूनौती, र परियोजनाको उद्देश्य, क्रियाकलापहरु, कार्यक्षेत्र, लक्षित वर्ग र विनियोजीत बजेटका बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष चौधरीले परियोजनाको अवधि छोटो भएको र गढवा गाँउपालिकामा चरा र चराको बाँसस्थान संरक्षणको लागि चम्बोला, जंगलकुटी, सुकी दह, मनिकपुरको गौशाला आदी क्षेत्रलालाई विज्ञको परामर्श लिई छुट्याउन सकिने बताए । उहाँले चरा संरक्षणका लागि आर्थिक, भौतिक र नितिगत बिषयमा पालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख प्रशासकीय अधिकृत पौडेलले परियोजना एकदमै स्वागत योग्य भएको बताउँदै चरा र चराको बाँसस्थान संरक्षणको लागि स्थानिय सरकार, समुदाय, प्रदेश सरकार, डिभिजन वन कार्यालय र विभिन्न दातृ संस्थाहरुको संयुक्त प्रयासबाट यस क्षेत्रमा रहेका रैथाने र बसाईसराई गरी आउने चराहरुको दिगोरुपमा संरक्षण गर्न सकिने बताए ।

कार्यक्रमका अन्य सहभागीहरुले चरा संरक्षणका बिषयमा राज्यले ठोस निति र कार्यक्रम ल्याउनुपर्ने सुझाब समेत दिएका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, पशुपंक्षी र कृषि शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
गढवाका आदिबासीहरू संग आप्रबासी चरा संरक्षण परियोजनाको बिषयमा छलफल
दाङ–देउखुरीको गढवा गाउँपालिकाका स्थानीय आदाबासी समुदायहरू संग आप्रबासी चरा संरक्षण परियोजनाको बिषयमा स्थानीय आदिबासीहरू संग छलफल गरिएको छ । नेपाल पंक्षी संरक्षण संघले सञ्चालन गर्न थालेको दाङ–देउखुरी चूरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरुको संरक्षणको लागि स्थानिय सरकार र समुदायहरुको संलग्नता नामक परियोजना अन्तर्गत गढवा गाउँपालिकाका आदीबासी समुदायका नेतृत्वहरु वीच महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र संरक्षण सम्बन्धि संचेतना कार्यक्रम देउखुरीको गढवामा सम्पन्न भएको हो ।

परियोजना र चरा तथा जैविक विविधता संरक्षणका बारेमा संचेतना अभिबृद्धि गर्ने उद्देश्यले नेपाल पंक्षी संरक्षण संघको आयोजनामा कार्यक्रम गरिएको हो । सो अवसरमा सहभागीहरूलाई संघका परियोजना अधिकृत भूपाल नेपालीले देउखुरी सहित राप्ती नदीमा रहेका स्थानीय प्रजातीका चराहरू र अप्रबासी चराहरूको अवस्था लगायतका बिषयमा बिस्तृत रूपमा जानकारी गराएका थिए ।
सो अवसरमा कार्यक्रमका सहभागीहरुले गढवा क्षेत्रमा चराको चोरी शिकारी हुने गरेको, समुदायमा चेतनाको कमीरहेको र विद्यालयस्तरमा चरा र चराको बाँसस्थान संरक्षण बारे अभियान चलाउनु पर्ने औल्याएका थिए । साथै उनीहरुले सबैको समन्वय र सहयोगबाट मात्र चराहरुको संरक्षण गर्ने बताएका थिए । कार्यक्रममा थारु समुदायका अगुवा, संरक्षणकर्मी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमकाे सहजीकरण नेपाल पंक्षी संरक्षण संघका दिलिप चन्दले गरेका थिए।

