शिक्षक आन्दोलन रोक्न माग गर्दै कानुन संकायका विद्यार्थीहरुद्धारा सर्वोच्चमा रिट दायर
काठमाडौं ५ भदाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै महासंघले भदौको दोस्रो हप्ताबाट आन्दोलन गर्ने घोषणा गरेपछि कानुन संकायका विद्यार्थी अर्जुन शाह र राहुल साहले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
उनीहरूले दायर गरेको रिटमा आन्दोलनका कारण विद्यार्थीको शिक्षा प्रभावित हुने भएकाले यसलाई रोक्न माग गरिएको छ। रिटमा सरकारले गरेको सहमति कार्यान्वयन नगरेको विषय र शिक्षक महासंघको आन्दोलनात्मक घोषणा दुवै पक्षलाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा शैक्षिक गतिविधि अबरुद्ध हुन नदिने व्यवस्था गर्न माग गरिएको छ।
शाह र साहले सर्वोच्च अदालतसँग विद्यार्थीको शिक्षा अधिकारलाई प्राथमिकतामा राख्दै तत्काल कानूनी आदेश जारी गर्न माग गरेका छन् । शाह र साहले सर्वोच्च अदालतसँग विद्यार्थीको शिक्षा अधिकारलाई प्राथमिकतामा राख्दै तत्काल कानूनी आदेश जारी गर्न माग गरेका छन्।
यसअघि नेपाल शिक्षक महासंघले सरकारले गरेका ९ बुँदे सहमति तत्काल कार्यान्वयन नभए भदौ दोस्रो हप्तादेखि निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको थियो।

