राप्तीमा महिला चेम्बरको प्रथम अधिवेशन : अध्यक्षमा मेनुका पाैडेल निर्विरोध निर्वाचित
भालुवाङ २३ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको महिला चेम्बर अफ कमर्सको शुक्रबार महिला भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अधिवेशनबाट अध्यक्षमा मेनुका पाैडेल निर्विरोध निर्वाचित भएकी छिन् । अधिवेशनले ३ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा निर्मला कुमारी थारू, दोस्रो उपाध्यक्षमा गोमा थापा, महासचिवमा सरिता शर्मा, सचिव सावित्री चाैधरी, कोषाध्यक्षमा शान्ता खनाल, सह-कोषाध्यक्षमा कमला पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा चम्फा परियार, बेचनी कुमारी महतो, जानका गोराथोकी, सन्जु चाैधरी विमलामाया चाैधरी निर्विरोध निर्वाचित भएका छन् ।
महिला चेम्बर अफ कमर्सकी अध्यक्ष लक्ष्मी पोख्रेलको अध्यक्षता एवम् राप्ती चेम्बर अफ कमर्सका सल्लाहकार श्यामा रावतको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गाैतम, निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, वर्तमान अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, सल्लाहकार शेषकान्त आचार्य, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महिला चेम्बर अफ कमर्सकी सदस्य सरिता शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती चेम्बर अफ कमर्सका सचिव गोविन्द बहादुर केसीले गरेका थिए ।

