राप्ती- ६ मा बेसहाराको सहारा बन्दै स्थापना भयो सहारा दिव्यश्री संस्था 



राप्ती- ६ मा बेसहाराको सहारा बन्दै स्थापना भयो सहारा दिव्यश्री संस्था 

सिसहनियाँ २३ साउन । दाङको राप्ती गाउँपालिका-६ मा बेसहाराको सहारा बन्दै सहारा दिव्यश्री संस्थाको स्थापना भएको छ ।  हालै राप्ती गाउँपालिकामा साउन १९ गते दर्ता भई स्थापना भएको संस्थाको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

संस्थाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् । संस्था उद्घाटनकै दिन वडा नम्बर ६ का ३१ जना जेष्ठ नागरिकहरूलाई करिव १४ हजार बराबरको  १/१ वटा झुल र फलफूल वितरण गरेको छ । गर्मीका समयमा डेंगी लगायत लामखुट्टेबाट लाग्ने रोगबाट जेष्ठ नागरिकहरूलाई सुरक्षित राख्न झुल वितरण गरेको संस्थाका अध्यक्ष प्रदिप कुमार चाैधरी बताए । साथै अध्यक्ष चाैधरी गरिव, दुखीहरूको सेवा गर्ने र सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्था स्थापना भएको बताए ।

संस्थाका उद्घाटनका अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले धर्म कमाउने नाममा घरका देवता अर्थात जन्म दिने बुवा आमालाई विर्सेर धर्मका नाममा मन्दिर, चर्च र मस्जिद जाने नयाँ पिढीलाई सचेत गराउँदै घरका बुवाआमाको सेवा गरि धर्म कमाउन सकिने सुझाव दिए । अध्यक्ष विष्टले संस्था स्थापना सँगै संस्थाले पैसा बचत गरेर समाजकै बेसहाराको क्षेत्रमा खर्च गर्ने उद्देश बनाउनु भएकोमा धन्यवाद ज्ञापन गरे ।   त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरीले बेसहारालाई सहारा दिन संस्था स्थापना भएको बताए । वडा अध्यक्ष चाैधरीले मु्ठ्ठी दान मार्फत वडा भित्रका गरिव, दुखी तथा जेष्ठ नागरिकहरूको सहारा दिदै समाज भित्रका विकृति, विसंगतिको अन्त्य गर्दै समाज विकासमा अगाडि बढ्ने बताए।

संस्थाका अध्यक्ष प्रदिपकुमार चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको संस्था उद्घाटन समारोहमा ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी सदस्य सुनिता चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हरिशचन्द्र चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे