मसोट खोलामा डाइभर्सन निर्माण भएपछि सवारीसाधन चल्न थाले
दाङ २२ साउन । दाङको लमही-घोराही सडक खण्ड अन्तर्गत मसोट खोलामा वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको हो । आकस्मिक रूपमा पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । तत्कालका लागि रोकिएका सवारीसाधन सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको डा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । तर पानी परेको खण्डमा समस्या आउनसक्ने उनले बताए । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्

