दाङको कोइलाबासमा हाट बजार सुरु : भारतीय नागरिकलाई समेत राहत हुने विश्वास



दाङको कोइलाबासमा हाट बजार सुरु : भारतीय नागरिकलाई समेत राहत हुने विश्वास

दाङ १६ साउन । दाङको गढवा गाउँपालिका वडा नं. ८ को कोइलाबास क्षेत्रमा शुक्रवार देखि हाट बजार सुरु भएको छ ।

गढवा गाउँपालिका र भिटा परियोजनाको विशेष पहलमा हाट बजार सुरु भएको हो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै सस्तो र ताजा खाद्यान्न पु¥याउने उद्देश्यले हाट बजार सुरु गरिएको हो । उक्त हाट बजार गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा सञ्चालनमा ल्याइएको हो । जहाँ गढवा क्षेत्रका महिला उद्यमीहरूले उत्पादन गरेका ताजा तरकारी, दूध र अन्य खाद्यवस्तुहरू बिक्रीमा राखिएका छन् । प्रत्येक साता दुई दिन मंगलबार र शुक्रबार नियमित रूपमा हाटबजार सञ्चालन हुने गाउँपालिकाले बताएको छ । हाट बजारमा विषादीरहित तरकारी, शुद्ध दूध तथा स्थानीय रूपमा उत्पादन भएका वस्तुहरू सस्तो दरमा उपलव्ध गराइने बताइएको छ ।

वडा नं. ८ का वडा अध्यक्ष खालिक सिद्धिकी र स्थानीय जनप्रतिनिधिहरूको सक्रियता र स्थानीय सहकारी संस्थाको संयोजनमा सुरु भएको बजारले भारतीय सीमा नजिकका बासिन्दाहरूलाई समेत राहत दिने विश्वास गरिएको छ । साथै, यसले महिला उद्यमशीलता, स्थानीय उत्पादनको मूल्यवृद्धि र खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । गढवा गाउँपालिकाले सम्पूर्ण वडाबासीलाई स्थानीय उत्पादन प्रयोग गरी स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे