गंगादेवीद्वारा स्व. आमा नन्ददेवीकाे सम्झनामा नीलसागरलाई नगद तथा खाद्यान्न सहयोग



गंगादेवीद्वारा स्व. आमा नन्ददेवीकाे सम्झनामा नीलसागरलाई नगद तथा खाद्यान्न सहयोग

सिसहनियाँ ७ साउन । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ घर भई हाल हङकङमा बसोबास गर्दै आउनुभएकी समाजसेवी गंगादेवी चन्द ठकुरीले आफ्नी स्वर्गीय आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेकी छिन्।

उनले बुधबार आफन्तजन सहित वडा नं. ८, मिलनडाँडामा रहेको आश्रममा पुगेर कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार १ सय ५ रुपैयाँसहित दाल, चामल, नुन र तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरिन्। सहयोग कार्यक्रममा उनकी आफन्त मिरा थापा, शेरबहादुर हमाल, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा कार्यवाहक अध्यक्ष चौधरीले आश्रमप्रति देखाइएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै सामाजिक उत्तरदायित्वमा थप उदाहरणीय भूमिका निर्वाह भएको बताए । सहयोगदाता चन्द ठकुरीले आफ्नो सानो सहयोगले आश्रममा रहेका बेसहारा नागरिकहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे