कपिलवस्तुमा बस दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर



कपिलवस्तुमा बस दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

कपिलवस्तु ७ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवानगरमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बुधवार दिउँसो ३:४० बजे चन्द्रौटा बाट कृष्णनगरतर्फ जाँदै गरेको भे.१ ख. ११८२ नम्बरको यात्रुबाहक बस सडक दुर्घटनामा परेको हो।

बसको स्टेरिङ फेल भई अनियन्त्रित रूपमा पल्टिएपछि दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। घाइतेहरुको उपचारका लागि तत्कालै शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ। दुर्घटनामा अर्घाखाँची, दाङ, भारत लगायत विभिन्न स्थानका यात्रुहरू परेका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक ईश्वर लौडारीको कमाण्डमा ११ जनाको टोली खटिएको थियो। बस चालक भने दुर्घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण यस्तो छ :
१. रेन बहादुर सार्की (६४) – अर्घाखाँची छत्रदेव-३
२. सरस्वती सार्की (५७) – अर्घाखाँची (गम्भीर, रिफर)
३. रामबहादुर सुनार (३५) – दाङ, घोराही-३
४. विष्णु बस्नेत (२९) – तुलसीपुर उपमहानगरपालिका-१२
५. कोकिल ब. केसी (६४) – कृष्णनगर-१, शिवानगर
६. लखपती कुर्मी (३५) – महाराजगंज-२
७. गणेश बस्नेत (३४) – तुलसीपुर-१२
८. ओम प्रकाश चौधरी (४८) – कृष्णनगर-९, जुमिला
९. जवाहिरलाल कोरी (२२) – चन्द्रौटा (गम्भीर, रिफर)
१०. राधेश्याम कुर्मी (५०) – कृष्णनगर-९
११. सकिल अहमद (१७) – डुमरिया, भारत
१२. महेश नाउ (३६) – कृष्णनगर-९
१३. शिवपुजन यादव (२५) – कृष्णनगर-९
१४. अकलमती कोरी (४८) – कृष्णनगर-९
१५. बिफै कोरी (४९) – कृष्णनगर-९
१६. दिलबहार अली (५२) – शिवराज-८
१७. तिलकराम कोरी (४०) – कृष्णनगर-९
१८. रिता कोरी (४०) – कृष्णनगर-९
१९. सुरेन्द्र कुमार चौधरी (३३) – कृष्णनगर-९
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे