थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ कर्मचारी सम्पर्कविहीन



थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ७ कर्मचारी सम्पर्कविहीन

रोल्पा २५ असार । रोल्पाको थबाङ गाउँपालिकाका ७ जना कर्मचारीहरू सम्पर्कविहीन भएका छन् ।  सातै जना असार २४ गते बिहान देखि सम्पर्कविहीन रहेकाे गाउँपालिकाले जनाएको छ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि असार २३ गते बेलुका ९ बजे पालिकाका प्रमुख प्रशासकीय अधिकृत OTP कोड प्राप्त गर्न रुकुम पूर्व गएको र त्यसपछि कार्यालयसँग सम्पर्क हुन नसकेको जनाइएको छ। गाउँपालिकाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर सहित सात जना कर्मचारी असार २४ गते बिहान ७ बजेदेखि सम्पर्कमा नरहेको र खोजी गर्दा रुकुम पूर्वमा समेत नभेटिएको गाउँपालिकाले जानकारी दिएको छ।  कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेको हुँदा कार्यपालिकाको कामकाजमा समस्या भएको छ। यथासिघ्र सम्पर्कमा आउनुहुन र जानकारी पाउनु भएका महानुभावहरूले यस पालिकालाई जानकारी गराउनहुन अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित व्यक्तिहरूले शीघ्र सम्पर्क गर्न र आम सर्वसाधारणलाई जानकारी भएमा पालिकालाई सूचित गर्न अनुरोध गरिएको छ।

सम्पर्कविहीन कर्मचारीहरूका नामावली:

१. हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत

२. हरिश माझी – सहायक प्रशासन पाँचौँ

३. यज्ञ प्रसाद कँडेल – सब-लेखापाल

४. चन्द्र प्रकाश ओली – सब-इन्जिनियर

५. निशा आचार्य – सब-इन्जिनियर

६. शिव कुमार वली – खा.पा.स.टे

७. प्रदिप के.सी. – सवारी चालक

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे