एसईई परिक्षामा गोरखा आइडिल स्कुलबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण



एसईई परिक्षामा गोरखा आइडिल स्कुलबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण

भालुवाङ १४ असार । दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कुल लालमटियाले एसईई परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ ।

असार १३ गते प्रकाशित परिक्षाफल अनुसार कुल २५ जना परिक्षामा सहभागी विद्यार्थी मध्य ९ जनाले ए प्लस, १० जनाले ए, ४ जनाले बि प्लस र २ जनाले बी ग्रेड ल्याएको विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए ।

शत प्रतिशत नतिजा ल्याउन शिक्षक, अभिभावक, विद्यार्थीहरुको मेहनत रहेको प्रति विद्यालय प्रशासनले सवैमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना गरेको छ । त्यस्तै यस अघि कक्षा ८ को नतिजामा समेत स्कुले शतप्रतिशत नतिजा ल्याउन सफल भएको गोरखा आइडियल स्कुलका प्रिन्सिपल पुुनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे