आदर्श नमुना मावि लालमटियाका सन्दिप गिरीले ल्याए ४ जिपिए, १०९ जना विद्यार्थी उत्कृष्ट अंक सहित उत्तीर्ण
भालुवाङ १४ असार । एसईई परिक्षामा दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाका सन्दिप गिरीले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका छन् ।
परिक्षामा सहभागी २ सय ५ जना विद्यार्थी मध्ये गिरीले मात्र ४ जिपिए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक खेतुलाल पाैडेलले जानकारी दिनु भयो । परिक्षामा सहभागी मध्ये १ सय ९ जना उत्कृष्ट अंक सहित उत्तीर्ण भएका छन् । जसमा १ जनाले ४ जिपिए, ५ जनाले ३.६ जिपिए, १९ जनाले ३.२ देखि ३.६ जिपिए, ४३ जनाले २.८ देखि ३.२ जिपिए, ४० जनाले २.४ देखि २.८ जिपिए र १ जनाले २.० देखि २.४ जिपिए ल्याएर उत्तीर्ण भएका छन् भने बाँकी ९६ जना अनुत्तीर्ण भएको प्रधानाध्यापक पाैडेलले बताए ।
गत वर्ष भन्दा यश वर्ष नतिजामा धेरै सुधार भएको प्रधानाध्यापक पाैडेलले बताए । शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थी स्वमको मेहनतले नतिजामा सुधार आएको प्रधानाध्यापक पाैडेलले बताए ।

