राप्तीकी उपाध्यक्ष चाैधरीकाे सक्रियतामा भगवानपुरकाे बाटाे मर्मत गरियाे



राप्तीकी उपाध्यक्ष चाैधरीकाे सक्रियतामा भगवानपुरकाे बाटाे मर्मत गरियाे

देउखुरी १४ असार । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वार्ड नम्बर ६ भगवानपुर गाउँकाे बाटाे मर्मत गरिएकाे छ । बर्षातकाे समयमा गाउँकाे बाटाेमा पानी गम्न थालेकाे भन्दै खाल्डा खुल्डी पुर्ने देखि बाटाे फिलिङ्ग गर्ने काम सम्पन्न भएकाे हाे ।

गाउँपालिका र वडा कार्यालयले बाटाे मर्मतमा खासै चासाे नदेखाएपछि गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले आफ्नाे नेतृत्व र गाउँका सामाजिक अभियन्ता सम्साद खानकाे सक्रियतामा बाटाे मर्मत गरिएकाे छ । कृषिबाटाे देखि राप्ती नदी सम्म जाेड्ने उक्त भगवानपुर गाउँकाे करिब डेढ किलाेमिटर बाटाे मर्मत गरिएकाे गाउँका सामाजिक अभियन्ता सम्माद खानले जानकारी दिए ।

उक्त बाटाे ग्राबेल समेत गरिएकाे छ । बाटाे ग्राबेल सहित मर्मत गरिएपछि उक्त बाटाेमा हिडडुल गर्न एकदमै सहज भएकाे स्थानीयबासीले बताएका छन् । बाटाे मर्मत नहुँदा बाटै भरि खाल्डाखुल्डी हुँदा हिडडुल गर्न निकै समस्या थियाे भने । बर्षातका समयमा बाटाे भरि पानी जम्ने समस्या रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे