एसईई परिक्षामा शुभदर्पण एकेडेमीका शत प्रतिशत विद्यार्थी उत्तीर्ण, विक्रम पाैडेलले ल्याए ३.७९ जिपिए
भालुवाङ १४ असार । दाङको राप्ती गाउँपालिका-७ मा रहेको शुभदर्पण एकेडेमीले यस वर्षको एसईई परिक्षामा शत प्रतिशत नतिजा ल्याएको छ ।
परिक्षामा सहभागी २२ जना विद्यार्थी मध्ये बिक्रम पाैडेलले ३.७९ जिपिए सहित सवै विद्यार्थी उत्कृष्ट अंक सहित उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल बिलोचन चाैधरीले जानकारी दिएका छन् । परिक्षामा सहभागी विद्यार्थी मध्ये १ जनाले ए प्लस, १० जनाले ए, ७ जना बि प्लस र बाँकी ४ जनाले बि ल्याएको प्रिन्सिपल चाैधरीले बताए ।
गत वर्षको तुलना यश वर्ष शत प्रतिशत नतिजा ल्याउनमा शिक्षक, अभिभावक र विद्यार्थी स्वम्को महत्त्वपूर्ण भुमिका रहेको प्रिन्सिपल चाैधरीले बताए । शुभ दर्पण नर्सरी देखि कक्षा १० सम्म सञ्चालित छ ।
प्रतिक्रिया दिनुहोस्

