पब्लिक क्याम्पस प्राध्यापक संघ दाङको अध्यक्षमा केसी र उपाध्यक्षमा बुढाथोकी चयन

भालुवाङ ७ असार । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल लुम्बिनी प्रदेश समितिकोे प्रदेशस्तरीय भेला शनिवार दाङको देउखुरी स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका–२ लालमटियामा सम्पन्न भएको छ ।
भेलाले सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरकी सिमा केसी अध्यक्षमा सर्वसम्मत चयन भएकी छिन् । केसीकै अध्यक्षतामा १ सदस्य रिक्त रहने गरि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले उपाध्यक्षमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका भेषबहादुर बुढाथोकी, सचिवमा देउखुरी बहुमुखी क्याम्पस लमहीका भेषराज पोख्रेल, कोषाध्यक्षमा राप्ती बबई क्याम्पसका यशोदा पाण्डे सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पद्मोदय क्याम्पसका अजय शर्मा, गढवा बहुमुखी क्याम्पसका गोविन्द कुमार ओली, पुरन्धारा बहुमुखी क्याम्पसका प्रेमबहादुर वली र राप्ती बबई क्याम्पसका चन्द्रमान खड्का सर्वसम्मत चयन भएका छन् ।