लुम्बिनी प्रदेशको बजेटमा मन्त्री देखि सांसदहरू सम्मको चरम असन्तुष्टि



लुम्बिनी प्रदेशको बजेटमा मन्त्री देखि सांसदहरू सम्मको चरम असन्तुष्टि

देउखुरी ८ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको नयाँ बजेटमा असन्तुष्टि चुलिएको छ । बजेट बारे सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका सांसद र मन्त्रीहरुले समेत ब्यापक असन्तुष्टि जाहेर गर्दै आएका छ्न् ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र सहितका दलहरूले बजेट पुन र्लेखन नभए सम्म बजेट सम्बन्धी छलफलमा भाग नै नलिने निर्णय गरेको छ । त्यही भएर शनिबारको लागि बजेट माथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक एकाएक स्थगित गरिएको छ ।

लुम्बिनी सरकारले चालु आर्थिक बर्षको भन्दा जम्मा ६ करोड कम बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बजेट मध्ये चालु तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३० दशमलव ८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ । तर, यो बजेट निर्माण प्रक्रियामै ब्यापक असुन्तुष्टी देखिन थालेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको तर्फबाट शुक्रबार विज्ञप्ती जारी गर्दै बजेटको विरोध गरिएको छ । पुनको सचिवालय संयोजक अनुपम जिसीले प्रदेश सरकार योजना बिक्री केन्द्र भएको दोषारोपन गरेका छन् ।

बिनियोजित बजेटले जनताका वास्तविक समस्या समाधान हुन नसक्ने दाबी गरिएको छ । बढ्दै असन्तुष्टि चिर्न प्रदेशसभा बैठक स्थगित गरि सरकारले आन्तरिक छलफल सुरु भएको भएको छ ।

बजेटमा चरम असन्तुष्टि बढेपछि हिजाे असार ७ गते बोलाईको प्रदेशसभा बैठक समेत अनिश्चित बनेको छ । बजेटलाई पारित गराउन सरकार र सांसदहरू बीच आन्तरिक छलफल भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे