राजमाेद्वारा पार्टीकाे झण्डा ओढाएर वडाअध्यक्ष चाैधरी पत्नीकाे अन्तिम श्रद्धाञ्जली अर्पण

देउखुरी ७ असार । दाङकाे राप्ती गाउँपालिका-४, नम्बर वडाका वडा अध्यक्ष तथा राष्ट्रिय जनमाेर्चाका दाङ जिल्ला सदस्य बिरबहादुर चाैधरीकाे धर्मपत्नी दिपा चाैधरीकाे पार्थिब शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अपर्ण गरिएकाे छ । राष्ट्रिय जनमाेर्चा दाङले स्वर्गीय दिपा चाैधरीकाे पार्थिव शरिरमा पार्टीकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेकाे हाे ।
पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। साे अवसरमा पार्टीले शाेकसभा समेत गरेकाे छ । शाेकसभालाई सम्बाेधन गर्दै राजमाेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष दिपा चाैधरीकाे निधनले परिवारलाई मात्र नभई सिँङ्गाे पार्टीपङ्गितलाई अतुलनीय क्षति भएकाे बताए । उनले याे शाेकलाई शक्तिमा बदल्दै स्वर्गीय दिपाले पार्टी संगठनमा पुर्याएकाे याेगदानकाे समेत चर्चा गरेका थिए।
स्वर्गीय दिपा केहीदिन यता मेन्जाइटिसकाे बिरामी थिइन् । उनकाे बुटवलमा उपचारका क्रममा शुक्रबार दिउँसाे मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । स्वर्गीय दिपाकाे राप्ती नदीकाे भानपुर घाटमा थारू समुदायकाे परम्परा अनुसार दाहसंस्कार गरिएकाे थियाे । उनी राजमाेकाे संगठित सदस्य र पार्टी निकट अखिल नेपाल महिल संघकाे ४ नम्बर वडा कमिटीकाे सदस्य समेत रहेकी थिइन्। उनकाे दुई छाेरा रहेका छन् ।
शाेकसभा तथा दाहसंस्कार कार्यक्रममा राजमाेका कार्यकारी उपाध्यक्ष तथा संविधानसभा सदस्य रेश्मीराज नेपाली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापति चाैधरी, वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चाैधरी, ६ नम्बर वडा अध्यक्ष दिपककुमार चाैधरी, ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, चेम्बर अफ कर्मशका प्रदेश सदस्य शंकर गाैतम, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजाल र राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायत सयाैँकाे उपस्थिति रहेकाे थियाे । शाेकसभाकाे सञ्चालन राजमाेका नेता चन्द्रप्रकाश आचार्यले गरेका थिए।