भालुवाङ स्थित राप्ती नदीबाट एक बालिकाको सकुशल उद्धार



भालुवाङ स्थित राप्ती नदीबाट एक बालिकाको सकुशल उद्धार

भालुवाङ ६ असार । दाङको देउखुरी स्थित राप्ती नदीमा फसेकी एक बालिकाको सकुशल उद्धार गरिएको छ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी १३ वर्षिय रेजिना खड्कालाई प्रहरीले शुक्रबार विहान १०:३० बजे सकुशल उद्धार गरेको हो। राप्ती नदीमा दाउरा टिप्न गएकी बालिका लामो समयसम्म नदीमा फसेपछि राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतको टिमले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्र प्रहरीको टोलीले ती बालिकाको सकुशल उद्धार गरेको हो।

ती बालिकालाई डुङ्गाको सहायताले प्रहरीले उद्धार गरेको हो। ती बालिका नेपाल राष्ट्रिय मावि भालुवाङ कक्षा ८ मा अध्ययनरत छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे