प्रेस चाैतारी नेपालकाे स्थापना दिवस : दाङमा २८ जनाले गरे रक्तदान



प्रेस चाैतारी नेपालकाे स्थापना दिवस : दाङमा २८ जनाले गरे रक्तदान

दाङ २२ माघ । प्रेस चाैतारी नेपालकाे २७ ओेैं स्थापना दिवसका अवसरमा घाेराहीमा रक्तदान कार्यक्रम गरिएको छ ।

समृद्धिका लागि सञ्चार कर्म, प्रेस चाैतारीकाे मूल मर्म भन्ने नारा सहित प्रेस चाैतारी दाङ शाखाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता तथा प्रेस चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशनकाे प्रमुख आतिथ्य तथा नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे थियाे । रक्तदान कार्यक्रममा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथाेकी,चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशन, चाैतारीका अग्रज नेताहरू सुदर्शन रिजाल, दुर्गालाल केसी, एमाले प्रचार विभाग प्रमुख संगित वस्याल, चाैतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल याेगी, लक्ष्मी पाेख्रेल, चाैतारीका निवर्तमान सचिव किरण गाैतम, एमाले नेताहरू विष्णु कालाथाेकी, हुमबहादुर विक हमाल, उमेश विक, लाले सुनार, कलश सहकारी घाेराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर, निमेश चाैधरीले रक्तदान गरेका थिए ।

यस्तै निकाश वली, सुजन विक, हुकुमा डिसी, समीप थापा मगर, प्रदिप पुन मगर, महेश रिजाल, निसा कुमारी चाैधरी, अनुप आचार्य, प्रकाश पुन, रामहरी शर्मा, शालिकराम चाैधरीले पनि रक्तदान गरेका थिए । नेपाल रेडक्रस साेशाइटी, व्लड बैंक दाङसंगकाे समन्वयमा रक्तदान गरिएकाे थियाे । साे अवसरमा रक्त सञ्चार केन्द्र घाेराहीका प्रमुख दिलिप न्याैपानेकाे नेतृत्वमा आएकाे टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे । चाैतारीका उपाध्यक्ष विमल याेगीकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमकाे सहजिकरण सचिव निमुसंगम घर्तिले गरेका थिए ।

यसै बीच प्रेस चाैतारी दाङकाे बैठक आज सम्पन्न भएको छ । चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता,चाैतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनकाे प्रमुख आतिथ्य,नेकपा एमालेका प्रचार विभाग प्रमुख संगित वस्यालकाे विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएकाे हाे । बैठकलाई सम्वाेधन गर्दै प्रमुख अतिथि प्रियासनले चाैतारीलाई आम जनतासंग जाेड्न प्रत्येक पालिकामा संगठन निर्माण गर्न आग्रह गरे । संगठन बलियाे भएमा मात्र व्यक्ति बलियाे हुने र विभिन्न पद प्राप्त हुने उनकाे भनाई थियाे । बैठकमा एमाले प्रचार विभाग प्रमुख संगित वस्याल,  प्रेस चाैतारीका केन्द्रीय सदस्य टीका वस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, प्रेस चाैतारीका लुम्बिनी प्रदेश काेषाध्यक्ष ओपेन्द्र वस्नेत, चाैतारीका पूर्व सचिव प्रदिप पाण्डे लगायतले सम्वाेधन गरेका थिए ।

उपाध्यक्ष लक्ष्मि पाेख्रेलकाे स्वागत मन्तव्यबाट सुरू भएको बैठकले गत शनिबार सम्पन्न जिल्ला अधिबेशनमा सहभागी हुने प्रमुख अतिथि,अतिथि,सल्लाहकार लगायत सवै सदस्य र सहयाेग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेकाे छ । यस्तै आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वलिकाे उपस्थितिमा हुने जनसभाकाे प्रचारप्रसार तिव्र पार्ने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे