योजना तर्जुमालाई प्रभावकारी बनाउन र प्रदेश सभा सदस्यहरुको भूमिका बढाउन जाेड



योजना तर्जुमालाई प्रभावकारी बनाउन र प्रदेश सभा सदस्यहरुको भूमिका बढाउन जाेड

भालुवाङ २२ माघ । दलित महिला महासंघको आयोजनामा लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा निर्देशिकाको प्रारम्भिक मस्यौदाका मुलभूत विषयहरुबारे दाङको भालुवाङमा मंगलबार छलफल भएको छ ।

छलफलमा प्रदेश सभा सदस्य, योजना आयोगका पदाधिकारी र सरोकारवालाहरु सहभागी थिए । छलफलको उद्धेश्य माथि बोल्दै दलित महिला महासंघका अध्यक्ष तथा पूर्व सांसद विमला विकले योजना तर्जुमालाई प्रभावकारी बनाउन र प्रदेश सभा सदस्यहरुको भूमिका बढाउन छलफल आयोजना गरेको बताइन् । उनले प्रदेश सभा सदस्यहरुको मूल काम नीति तथा ऐन निर्माण भएपनि योजना तथा बजेट निर्माणमा पनि भूमिका बढाउनु पर्ने भएकाले कार्यक्रम आयोजना गरेको जनाइन् ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज मरासिनीले प्रदेशमा योजनालाई जनसहभागिता र उद्धेश्यमूलक बनाउन निर्देशिका निर्माण थालेको बताउनुभयो । उहाले विना सम्भाव्यताका अध्ययन तथा विश्लेषणका साना र टुक्रे योजना हटाउन निर्देशिका बनाएको बताए । यसअघि योजना तर्जुमा प्रक्रियामा जनप्रतिनिधिको भूमिका नभएकाले निर्देशिकाले प्रदेश सभा सदस्यहरुको भूमिका खोजिएको बताए । प्रदेशको वार्षिक योजना तर्जुमा निर्देशिका प्रारम्भिक मस्यौदाका मुलभूत विषयहरुमा योजना आयोगका सदस्य भूपेन्द्र चौधरीले मस्यौदा प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै प्रदेश प्रदेश सभा सदस्यहरुले बजेटमा सिमान्तकृतका सवाल कसरी समेट्ने भन्नेमा ध्यान दिन आवश्यक रहेको बताए । योजना तर्जुमा प्रक्रिया छोटो र जनसहभागी बनाउन सुझाब दिए । प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदले मात्रै योजना संशोधन गर्न पाइने भन्ने प्रावधान फेर्न आग्रहगरे । यस्तै योजना तर्जुमामा जनसहभागितामा जोड दिन र विज्ञ एवं सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे