लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै
देउखुरी १६ पुस । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बजेट अधिवेशन अन्त्य भएकाे तीन महिनापछि बल्ल संसद बैठक बस्न लागेकाे हाे । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो ।
प्रदेश प्रमुख दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने छ । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ ।
हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा-पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्