खुल्ला बजार नीति परिवर्तन गर्न आवश्यक छ : अध्यक्ष विष्ट



खुल्ला बजार नीति परिवर्तन गर्न आवश्यक छ : अध्यक्ष विष्ट

भालुवाङ ३० मंसिर । सिसहनियाँ उद्योग वाणिज्य संघको नवाैं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका-५ सिसहनियाँ स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले पछिल्लो समय व्यापारीहरू पलायन हुनुको कारण धनी तथा दलालीहरूको हातमा हुँदा सम्म व्यापार व्यवसायीमा सुधार नहुने बताएका छन् । त्यसका लागि खुल्ला बजार नीति परिवर्तन गर्न आवश्यक रहेको अध्यक्ष विष्टले बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले अर्थतन्त्रमा सुधार गर्न उद्योगी, व्यापारीहरूको भुमिका महत्त्वपूर्ण रहने भएकोले सवै व्यापारीहरू करको दायरा आउन आवश्यक रहेको बताएका थिए ।  त्यस्तै उनले उद्योग वाणिज्य संघले युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याए गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।त्यस्तै दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले तीनै तहका सरकारलाई व्यापारीहरूको हकहितका लागि नीति तथा कानुन बनाएर लैजान सुझाव दिएका छन् ।  पलायन हुन लागेका उद्योगी व्यापारीलाई बचाउने काम अब स्थानीय सरकारको भएको र झोले व्यापारीहरूलाई नियमन गर्न तथा चर्को व्याजदर घटाउन माग गरेका छन् । सभामा वार्षिक प्रतिवेदन सचिव मदन पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमबहादुर चाैधरीले प्रस्तुत गरेका थिए ।

सो अवसरमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, सुरवी गाई फर्मका सञ्चालक शंकर गाैतम, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेमबहादुर राना, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डे, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेल, राप्ती व्यापार संघका उपाध्यक्ष रणप्रसाद सुवेदी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, देउखुरी उद्योग वाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेल र सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शान्तराज भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव मदन पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे