वन महासंघलाई मजबुट बनाउन सबै वनकर्मी गोलबद्ध हुनुपर्छ : वन महासंघ प्रदेश अध्यक्ष भण्डारी



वन महासंघलाई मजबुट बनाउन सबै वनकर्मी गोलबद्ध हुनुपर्छ : वन महासंघ प्रदेश अध्यक्ष भण्डारी

भालुवाङ १ पुस । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले वन महासंघलाई मजबुट बनाउन सबै वनकर्मी गोलबद्ध हुन आग्रह गरेकी छिन् । सामुदायिक बन उपभोक्ता महासघ नेपाल तानसेन नगर समितीको पहिलो बैठक तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रदेश अध्यक्ष भण्डारी वनको मुद्धालाई प्रभाबकारी बनाउन वनकर्मीहरु गोलबद्ध हुन आवश्यक रहेको बताइन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी भण्डारीले अधिकांश संघसंस्थाहरुमा महिलाहरुलाई नेतृत्व गर्न अवसर नपाइरहेको अवस्थामा वन महासंघले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय वन महासंघका थुप्रै समितीमा नेतृत्व महिलाले गर्न पाउनु निकै गौरब र अवसर भएको बताइन् ।

अध्यक्ष भण्डारीले जसरी महिलाहरु वन महासंघको नेतृत्वमा आएका छन्, त्यसरी नै काम गरेर देखाउन सम्पूर्ण महिला वनकर्मीहरुलाई बिशेष आग्रह गर्नु भयो । उहाँले वन संरक्षण र वन पैदवार उपयोग लगायत बिषयमा सम्पूणर् वनकर्मीहरु गम्भीर भएर लाग्न सुझाब दिइन् ।

वन महासंघ तानसेन नगर समतिी अध्यक्ष भवानी गौतमको अध्यक्षता एवम् वन महासंघ प्रमुख अतिथि लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीको प्रमुख आतिथ्यता तथा वनमहासंघका केन्द्रिय सदस्य भोजबहादुर बिकको बिशिष्ट आतिथ्यमा पाल्पाको तानसेनमा भएको बैठकमा हालै वन महासंघको सम्पन्न महाधिवेशनबाट निर्वाचन ६ जना महासंघका अगुवाहरुलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा सामुदायिक बन उपभोक्ता महासघ केन्द्रिय सदस्य भोजबहादुर बिक, महासंघ कै लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारी, लुम्बिनी प्रदेश सदस्य नानुकुमारी गन्धर्व, पाल्पा जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पाल्पा जिल्ला कै महासचिव बोधलक्ष्मी ज्ञवाली र निबर्तमान अध्यक्ष निरन्जन भुसाल लाई मायाको चिनो तथा प्रशंसा—पत्रले सम्मान गरिएको थियो ।

महासंघ तानसेन नगर समितीकी कोषाध्यक्ष कमला पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको बैठकले सबै वडाहरुमा पुग्ने गरी घुम्ती प्रणाली अपनाएर नगर महासघको नियमित बैठक दुई—दुई महिनामा सम्पन्न गर्ने, तानसेन नगरपालिका भित्र रहेका महासघमा आबद्ध नभएका समुहहरुलाई आवद्ध गर्ने, नवीकरण सपन्न नभएका समुहहरुलाइ नवीकरण गर्न आग्रह गर्ने, हरेक समुहहरुलाई आय—आर्जन हुने खालका कार्यक्रममा सहभागी गराउने, तानसेन नगरपालिकासग समन्वय गरेर हरेक समुहको नेतृत्वलाई क्षमता बिकास तालिम सञ्चालन गर्ने र सस्थाको छुट्टै बैंक खाता सञ्चालन गर्ने लगायतका निणर्य गरेको छ । कार्यक्रमको सञ्चालन तानसेन नगर महासंघ सचिब सुनिता शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे