भालुवाङ राप्ती पुल पारि सातमारामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु



भालुवाङ राप्ती पुल पारि सातमारामा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

भालुवाङ २४ मंसिर । सितगंगा नगरपालिका ८ सातमारामा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक चाैधरीको जेनिस अस्पताल बुटवलमा मृत्यु भएको हो भने सहचालक कुर्मी भालुवाङ प्रस्तावित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भालुवाङ राप्ती पुल पारि गेटनेर ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ लमहीबाट गिट्टी बोकेर कपिलवस्तु जाँदै गरेको सो ट्रक अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे