२ केजी सुन प्रकरणमा १ चिनियाँ पक्राउ



२ केजी सुन प्रकरणमा १ चिनियाँ पक्राउ

काठमाण्डाै २४ मंसिर । प्रहरीले काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपाेस्टबाट बरामद भएकाे २ केजी सुन प्रकरणमा १ चिनियाँलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरेकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । यही प्रकरणमा प्रहरीले गएकाे बिहीवार राति नागढुङ्गा चेकपाेस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेकाे थियाे । प्रहरीले रसुवाबाट काठमाण्डाै आउँदै गरेकाे बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरकाे जीपबाट सुन बरामद गरेकाे थियाे । पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे