नयाँ पुस्तालाई पाठ्य पुस्तक पठन प्रति जागरुक र आकर्षित बनाउन आवश्यक छ : सांसद शर्मा
गढवा २४ मंसिर । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको छैंठो बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य नारायणी शर्मा प्रतीक्षाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शर्माले नयाँ पुस्ताहरूमा पठन संस्कृती हराउदै गएको भन्दै नयाँ पुस्तालाई पठन प्रति जागरुक र आकर्षित बनाउन आवश्यक रहेको बताएकी छिन् । पुस्तकालयको संरक्षण, बिकास र उन्नयनका सबै आजिवन सदस्यहरु लाग्नु पर्ने उनले बताइन् । गढवाको पुस्तकालय केवल पुस्तक पढ्ने ठाउँ मात्र न्भएर यसलाई अनुसन्धान केन्द्र बनाउन सबैको ध्यान जानुपर्ने उको धारणा थियो ।
एक अर्को प्रसङ्गमा बोल्दै प्रतिनिधि सभा सदश्य शर्माले समग्र देउखुरी क्षेत्रको समृद्दी र बिकासाका लागि सबै रजनितिक दल र जनप्रतिनिधि एकै ठाउमा जुटेर बिकास समृद्दी अगाडि बढ्नुपर्ने बताइन् । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापा, निवर्तमान अध्यक्ष गिरिराज भट्ट, वडा नम्बर ७ का सदस्य रेखा थापा, साहित्यकर्मी जगतराम यादव, शिक्षाप्रेमी गोबिन्द ओली, संस्थापक कोषाध्यक्ष सकुन्तला डिसि लगायतले बोलेका थिए ।
कार्यक्रममा पुस्तकालय स्थापना कालमा प्रस्तावना लेखन देखि धेरै कार्यमा अमुल्य सहयोग गर्ने निवर्तमान अध्यक्ष गिरिराज भट्ट तथा हरेक कोणबाट योगदान दिने गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने बर्ष उत्कृष्ट पाठकको सम्मान निर्जला पुन र जनक केसि लाई गरिएको थियो । पुस्तकालयलाई आफ्नो क्षेत्रबाट सहयोग गर्नु भएको भन्दै गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्र, नेपाल अवधी संस्कृति संरक्षण केन्द्र तथा जागेश्वर चौधरिलाइ कदर पत्र प्रदान गरिएको थियो । संस्थाका सचिव शिबराज पन्थिले संस्थागत प्रतिवेदन तथा बार्षिक योजना र कोषाध्यक्ष तिलक परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव शिवराज पन्थिको स्वागत मन्तब्यबाट आरम्भ भएको साधारणसभाको स्न्चालन दुखहरण यादवले गरेका थिए ।