मोटरसाइकल दुर्घटनामा परि राप्ती गाउँपालिकाका कर्मचारी बैमा मगर घाइते



मोटरसाइकल दुर्घटनामा परि राप्ती गाउँपालिकाका कर्मचारी बैमा मगर घाइते

भालुवाङ १७ असोज । मोटरसाइकल दुर्घटनामा परि राप्ती गाउँपालिकाका कर्मचारी सुरेश बैमा मगर घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा आज बिहान १० बजे मोटरसाइकल दुर्घटनामा परि अन्दाजी ३६/३७ वर्षिय बैमा मगर घाइते भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

आफ्नो कोठाबाट गाउँपालिका कार्यालय जाने क्रममा बैमाले चलाएको रा ५ प २१३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । घाइते बैमाको अहिले प्रस्तावित भालुवाङ अस्पतालमा उपचार भइरहेको छ । घाइते बैमाको शरिरको ३ वटा करङको हड्डी भाँचिएको अस्पतालले जानकारी दिएको छ ।

घाइते बैमाका अनुसार नम्बर नखुलेको मोटरसाइकलले आफुलाई ठक्कर बताएका छन् । यद्यपि ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको प्रहरी चाैकी मसुरीयाका प्रहरी प्रमुख निमबहादुर खत्रीले जानकारी दिएका छन् । घटनाको प्रकृति हेर्दा कुनै पनि गाडी ठक्कर दिएको जस्तो नदेखिएको प्रहरी प्रमुख खत्रीले बताएका छन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख खत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे