दाङ उद्योग बाणिज्य संघका नव निर्वाचित कार्यसमितिलाई गुरुकुलद्धारा सम्मान



दाङ उद्योग बाणिज्य संघका नव निर्वाचित कार्यसमितिलाई गुरुकुलद्धारा सम्मान

घोराही १७ असोज । दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमीले दाङ जिल्ला उद्योग वाणिँज्य संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । आज बुधबार विद्यालयको प्रांगनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष बसन्त जोशी, वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उद्योग उपाध्यक्ष धु्रवकुमार गहतराज लगायत सम्पूर्ण कार्य समितिलाई गुरुकुल एकेडेमीले खादा तथा माला लगाई सम्मान तथा स्वागत गरेको हो ।

सो अवशरमा नव निर्वाचित सम्पुर्ण कार्य समितिले आम ब्याबसायिहरुको हितमा रहेर काम गर्ने बताएका थिए साथै दाङ जिल्लालाई केन्द्र बनाएर शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्य विद्यालय भन्दा फरक शैलीमा शैक्षिक प्रणाली संचालन गरी विद्यार्थीहरुलाई सफलता पूर्वक शैक्षिक गन्तव्य पुरा गराएकोमा बधाई तथा धन्यबाद समेत प्रदान गरेका थिए ।

यसैगरी नव निर्वाचित वाणिज्य सदस्य रामप्रसाद सदस्यका सुपुत्र शुभम पोख्रेलले पनि गुरुकुल एकेडेमिमा अध्ययण गरी एसइईमा घोराहीमा एक मात्र ४ जिपिए ल्याउने बिद्थार्थी रुपमा आफ्नो बिद्यालयको परीचय स्थापित गर्न सफल भएको र यो सफलतामा गुरुकुल एकेडेमीको मुख्य भुमिका रहेको भन्दै विद्यालयको प्रशंसा गरेका थिए ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले पनि आफ्नो मन्तव्य राखेका थिए । गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे