संविधान कार्यान्वयनमा विलम्ब गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी



संविधान कार्यान्वयनमा विलम्ब गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी

भालुवाङ ३ असोज । लुम्बिनी प्रदेश सरकारले आज एक समारोहका बीच संविधान दिवस मनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा संविधान दिवस मनाइएको हो । २०७२ साल असोज ३ गते जारी भएको संविधानको उपलक्ष्यमा प्रदेश सरकारले औपचारीक कार्यक्रम गरी दिवस मनाएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन विलम्ब गर्न नहुने बताउका छन् ।

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने बताए । संघीयता फेल भयो भने हाम्रो कारणले हुँदैन, केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको भनाइ उनको छ ।

संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्ने बताए । संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिबद्धता पूरागर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस्। गएको पोखरा बैठकमा पनि सम्माननीय प्रधानमन्त्रीलाई पनि कुरा राख्यौँ । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ’ उनले प्रश्न गर्दै भने,’अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ ।’ विकासमा प्रतिस्पर्धा हुनुपर्ने भनाइ उनको छ । ‘सात वटा प्रदेश मध्य कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिस्पर्धा हुनुपर्छ’ उनले भने,’जनतासँग नजिक हुनको लागि यो संविधानले महत्वपूर्ण योग्दान दिएको छ । भाषा र ठाउँलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि महत्वपूर्ण छ ।’

यस्तै, सभामुख तुलाराम घर्तीमगरले राजनीतिक अस्थीतरताका कारण सोंचका कामहरू पूरा गर्न नसकिएको बताएका छन्। ‘राजनीतिक अस्थिरताका कारण सोंचेका कामहरू पूरा गर्न नसकेता पनि हाम्रो प्रदेशमा आवश्यक कानुनहरू बनाउन सफल भएका छौँ’ उनले भने, ’अघिल्लो प्रदेशसभाले सुरक्षा कानुन बनाएको छ । अहिलेको प्रदेश सभाले निजामती कर्मचारी विधेयक पास गरिसकेको छ । यो नै महत्वपूर्ण उपलब्धि हो ।’ प्रदेश सरकार प्रति आशा, भरोसा र विश्वास बढेको सभामुख घर्तीको भनाइ छ । ‘प्रदेश सरकार सबैको दिल, दिमागमा स्थापित गर्न सफल भएका छौँ’ सभामुख घर्तीले भने,’तीन तहको शासन प्रणाली सफल भएको छ ।’

गृहमन्त्री सन्तोषकुमार पाण्डेले संविधान समावेशी र जनताको पक्षमा रहेको बताए । उनले तीन तहको सरकारले काम गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । ‘आम जनतामा प्रदेश सरकार रहेको अनुभुती गराउन सफल भयौँ’ उनले भने,’जनताको आवश्यकता पूरा गर्न प्रदेश सरकारले आफ्नो भूमिका बढाएको छ ।’

झाँकी र उत्सव
प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो ।
महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन् । अवधी कला संस्कृती अन्तरगत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो । यस्तै स्काउट विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेर दिवसलाई उत्सवमय बनाए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे