दलाल पुँजीवादको अन्त्य भए मात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ : उपाध्यक्ष ज्ञवाली



दलाल पुँजीवादको अन्त्य भए मात्र संविधानको पूर्ण कार्यान्वयन हुन्छ : उपाध्यक्ष ज्ञवाली

भालुवाङ ३ असाेज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले दलाल पुँजीवादको अन्त्य गर्न संविधानको पूर्ण कार्यान्वयन जरुरी रहेको बताएका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानको कार्यान्वयनबाटै समाजवादको आधार तयार हुने पनि बताएका हुन । ‘दलाल पुँजीवाद जुलस नारा लगाएर, बन्दुक पट्काएर खत्तम हुदैन । कुसलता पूर्वक संविधान लागु गरेर देश आत्मनिर्भर हुदै जनने छ । तव मात्रै दलाल पुँजीवादको अन्त्य हुनेछ’उनले भने,‘समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको छ । समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्ने छ । संविधान ठिक संग कार्यान्वयन गर्नुप¥यो ।

मौलिक हक कार्यान्वयन गर्नुपर्ने छ । यो संविधानले समाजवादको आधार तयार पार्ने दृष्टिकोण दिएको छ । जति जति संविधान लागू हुदै जाने छ । त्यतित्यति समाजवादको आधार तयार हुदै जाने छ ।’ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव पद्मा अर्यालले २०७२ सालको संविधान जनताको संविधान भएको बताइन् । संविधानको रक्षा, कार्यान्वयन र उपभोगको लागी सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन् । ‘यो संविधान समानतामा आधारित छ । संविधानको मुटु प्रस्तावनामा समानतालाइ आत्मसात गरेको उत्कृष्ट संविधान हो ।

जनतामा अधिकार प्रत्याभूत गरेको छ’उनले भनिन्,‘अव संविधानको पूर्ण कार्यान्वयनको अवस्थामा पुग्नुपर्ने छ ।’ नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संविधान रहेको चर्चा गरे । उनले संविधानका बिरुद्धमा प्रतिक्रान्तिकारीहरु सलबलाउन थालेका उल्लेख गर्दै त्यस्ता प्रतिक्रान्तिकारीहरु सफल नहुने उल्लेख गरे । ‘क्रान्ति सम्पन्न भयो । यसको स्वरुप संविधान हो । यसलाई बचाउन छ’उनले भने,‘ प्रतिक्रियाबादि सलबलाउन थाले । उनिहरुलाई हराउन छ ।’

कार्यक्रममा पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले शान्ता चौधरी, केन्द्रिय सदस्य भागवत विश्वासी, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतले संविधानमा लेखेको कुरा कार्यान्वयन र जनताले अनुभुती गर्नेगरी भूमिका बढाउन अनुरोध गरिएको छ । संविधान बनेपनि त्यस अनुसार कार्यान्वनय गर्न थुप्रै कानुनहरु ब्नाउन बाँकी छ । सरकारको ध्यान अपुरा कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा वक्ताहरुको जोड थियो । संविधान कार्यान्वयनको अभावमा गरिबी र बेरोजगारीको समस्या बढ्दो छ । ३१ वटा मौलिक हक छन । सरकारले संविधान कार्यान्वयनमा भूमिका बढाउनुपर्नेमा जोड दिइएको थियो । एमाले लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लक्षमण आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे