दसैं खर्च जुटाउन दैलेखबाट तीन जना राउटे लुम्बिनी प्रदेशकाे राजधानी देउखुरी आइपुगे



दसैं खर्च जुटाउन दैलेखबाट तीन जना राउटे लुम्बिनी प्रदेशकाे राजधानी देउखुरी आइपुगे

भालुवाङ ३ असाेज । दसैं खर्च माग गर्न दैलेखबाट तीन जना राउटे लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका देउखुरी आइपुगेका छन्।  मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीलाई भेट्न उनीहरु  देउखुरी आइपुगेका हुन्।

राउटेका अगुवा लालबहादुर राउटे सहित बिर्ख कलीयाल शाही र जीवन शाही बस चढेर साेमबार राति देउखुरीआइपुगेका हुन् । राउटेका अगुवा लालबहादुर राउटे राउटेले मुख्यमन्त्रीलाई भेट्न पाएका छैनन् । `मुख्यमन्त्री छैनन् रे, भेट्न पाएनौं । भाेली आउछन रे, उनले भने। मुख्यमन्त्रीलाई भेट्न आएका राउटे समुदायका व्यक्तिहरु भाैँतारिरहेका छन । राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेश अधिकारीले एक साँझकाे खाना र बस्ने व्यवस्था मिलाएका थिए । आजकाे रात्रीकालिन बाँस र खानाकाे व्यवस्था राप्ती गाउँपालिकाले मिलाउने अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । याे समाचार तयार पार्दा सम्म उनीहरु राप्ती गाउँपाललिका परिसरमा अलपत्र अवस्थामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे