आदर्श नमुना मावि लालमटियाका विद्यार्थीहरु माटोको भाडा र दुनाटपरी बनाउन सिक्दै



आदर्श नमुना मावि लालमटियाका विद्यार्थीहरु माटोको भाडा र दुनाटपरी बनाउन सिक्दै

भालुवाङ ८ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित श्री आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरु माटोको भाडा र दुनाटपरी बनाउन सिक्न थालेका छन् ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले शुक्रबार बुक फ्रि डे कार्यक्रम अनुसार कक्षा १–५ सम्मका विद्यार्थीहरुलाई हस्तकला (माटोबाट निर्मित सामाग्री), कक्षा ६–८ सम्मका विद्यार्थीहरु दुना टपरी बनाउने सिप सिक्न थालेका हुन् । त्यस्तै कक्षा ९–१० सम्मका विद्यार्थीहरु नर्सरी व्यवस्थापन र बेर्ना उत्पादन तथा कक्षा ११–१२ सम्मका विद्यार्थीहरु सीप मुलक शिक्षा आजको आवश्यकता बिषयमा निबन्ध लेखन कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालयले हरेक हप्ताको शुक्रवार बुक फ्रि डे कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागि ज्ञान तथा सिपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रध्यानाध्यापक किरण पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे