दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समिति गठन



दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन समिति गठन

दाङ ८ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आउदो असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिती गठन गरिएको छ । संघका आज बसेको बैठकले निर्वाचन गराउनका लागि अधिबवताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिती बनाउने निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिएका छन् ।

अधिवेसनले ३ वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । नया नेतृत्व सर्वसहमतीमा चयन गर्नका लागि प्रयास जारी राखिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । त्यसैगरेर बैठकले १९ औ साधारण सभाका लागि विभिन्न समिती गठन गरेको छ । अतिथी सत्कार समितीमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल रहेका छन् । मञ्च व्यवस्थापन समितीमा देवकला वस्नेत, विनोदप्रसाद पाण्डे, जुद्धवहादुर घर्ती रहेका छन् । भोजन तथा आवास व्यवस्थापन समितीमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का रहेका छन् । संघको साधार सभा यही असोजको ६ गते र अधिवेसन असोजको १३ गते हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे