दाङकाे दश वटै पालिकामा शनिबार एमाले प्रदेश प्रतिनिधि छनौट हुँदै
घोराही ८ भदाै । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही भाद्र १६ देखि बुटवलमा हुन लागि रहेको छ ।
अधिवेशनमा १२ जिल्लाका एक हजार बढि प्रतिनिधि र हजारौ हजार कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछ । यसका लागि भाद्र ९ गते शनिबार प्रदेशका सबै जिल्ला अनि जनवर्गीय संगठनले प्रतिनिधि छनौंट गर्न लागि रहेका छन् । यहीक्रममा नेकपा एमाले दाङले शनिबार जिल्लाका दशवटै पालिकामा विशेष भेलाको आयोजना गरेर प्रतिनिधि छनौंट गर्ने तयारी गरेको छ । पालिका कमिटीको आयोजना र जिल्लाको संयोजनमा हुने प्रतिनिधि छनौंट कार्यक्रममा जिल्लाको तर्फबाट निर्वाचन अधिकृतहरु समेत खटिएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतहरु सम्बन्धित पालिकामा शुक्रबार साझ या शनिबार विहानै पुगि सक्नेछन् ।
लुम्बिनी प्रदेशमा सबै भन्दा बढि पार्टी सदस्य रुपन्देहीमा छन् । त्यसको पछिपछि दाङमा पनि १२ हजार बढि पार्टी सदस्य छन् । यस हिसाबले दाङबाट पार्टीको तर्फबाट १ सय २५ जनाको हाराहारीमा प्रतिनिधि छनौंट हुने छन् । यसमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेछ । अन्य समुदायको हकमा १ सय बराबर एक प्रतिनिधि भएपनि दलित समुदायको हकमा ७५ जना बराबर एक प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले प्रतिनिधि छनौंट कार्य सर्वसम्मतरुपमा सम्पन्न गर्ने तयारी जिल्लाले गरेको र प्रतिनिधिहरुलाई पार्टीको अपानी अनुसार नै छनौंट गरिने बताए। समावेशीतालाई पनि विशेष ख्याल गरेर प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न सबै पालिकालाई अनुरोध गरिएको पार्टी सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
दाङबाट सबै भन्दा बढि घोराहीबाट ४२ जाना, तुलसीपुरबाट ४० जना प्रतिनिधिहरु प्रदेश अधिवेशनमा सहभागि हुनेछन् । यस बाहेक पार्टीले यस पटक जनवर्गीय संगठनको हकमा महासंघ भएको जनवर्गीय संगठनलाई ५ जना र संघ भएकोलाई ३ जना प्रतिनिधि पठाउने व्यवस्था गरेको छ । जसमा एक तिहाई अनिवार्य महिला सहभागिता हुनुपर्नेछ । जनवर्गीय संगठनको प्रतनिधि छनौंट पनि शनिबार नै हुने बताइएको छ । प्रतिनिधि छनौंटका लागि पालिकाहरुले आ–आफ्नो तर्फबाट तयारी गरेका छन् । विहान ११ बजे दाङका दशवटै पालिकामा एकैसाथ प्रतिनिधि छनौंट कार्यक्रम हुनेछ । घोराहीमा भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिनिधि छनौंट कार्यक्रमको आयोजना गरिएको घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा १९ वटै वडाका नेता, कार्यकर्ताहरुलाई भेलामा उपस्थित हुन अनुरोध गरेका छन् ।
शनिबार हुने प्रतिनिधि छनौंट कार्यक्रमलाई व्यवस्थित गर्नको लागि जिल्लाका दशवटै पालिकामा शुक्रबार तयारी वैठक गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।
कार्यक्रम तालिका समय
विहान ११ बजे
घोराही उपमहानगरपालिका– पार्टी कार्यालय भरतपुर
तुलसीपुर उपमहानगरपालिका– सभाकक्ष दोघरे
लमही नगरपालिका–पार्टी कार्यालय, रातोडाँडा
राप्ती गाउँपालिका– पार्टी कार्यालय मसुरिया
गढवा गाउँपालिका– उवासंघको सभाकक्ष
बंगलाचुली गाउँपालिका– कमिरेचौर
दंगीशरण गाउँपालिका– हेकुली सभाहल
बबइ गाउँपालिका– हापुरे सभाहल
शान्तिनगर गाउँपालिका– जुम्ले कुला