दाङको बंगलाचुलीमा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका आमाछोरीको मृत्यु



दाङको बंगलाचुलीमा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका आमाछोरीको मृत्यु

दाङ १ भदौ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् । साउन २९ गते बेलुका बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ मैकुटीमा बस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । यस अघि उनकी ११ वर्षिया छोरी अस्मिता सुनारको साउन ३१ गते मृत्यु भएको थियो । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छोरा, आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे