देउखुरीकाे राप्तीमा एक पुरूषकाे शब फेला



देउखुरीकाे राप्तीमा एक पुरूषकाे शब फेला

देउखुरी १९ असार । देउखुरीकाे राप्तीमा एक पुरूषकाे शब फेला परेकाे छ । राप्ती गाउँपालिका-६, माधवपुर स्थित पानी जम्मा भएकाे तलाउमा पुरूषकाे शब फेला परेकाे हाे ।

मृतक राप्ती गाउँपालिका-६, मझेरिया निवासी बर्ष ५५ का रामधनी चाैधरी रहेकाे ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गाेपाल न्याैपानेले जानकारी दिए । मृतक चाैधरी असार १७ गते बिहान घरबाट निस्केकाे तर घर नफर्केपछि परिवारले ईलाका प्रहरी कार्यालय भालुवाङमा हराएकाे भन्दै खाेजी कार्य गरिपाउँ भनी निवेदन दिएका थिए ।

स्थानीयबासीले खाेजी कार्य गर्दा चाैधरीलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चाैधरीकाे शब पाेष्टमार्टमका लागि घाेराही पठाईएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे