देउखुरी माेबाइल तथा इलेक्ट्राेनिक्स व्यवसायी संघले ग¥यो कुलपानीमा बृक्षाराेपण र डस्टवीन वितरण



देउखुरी माेबाइल तथा इलेक्ट्राेनिक्स व्यवसायी संघले ग¥यो कुलपानीमा बृक्षाराेपण र डस्टवीन वितरण

भालुवाङ २ भदाै । देउखुरी माेबाइल तथा इलेक्ट्राेनिक्स व्यवसायी संघ लमहीले शनिवार दाङ देउखुरीकाे पर्यटकीय क्षेत्र कुलपानीमा वृक्षाराेपण तथा डस्टवीन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

देउखुरीलाई चिनाउने उदेश्यले गढवा गाउँपालिका वडा नम्बर १ मा रहेकाे कुलपानी पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा पार्कमा साैन्दर्यता थप हाेस् भनी वृक्षाराेपण तथा डस्टवीन वितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताए । पर्यटकीय नगरी बनाउन हामी व्यवसायीले सक्ने सम्मकाे सहयाेग गर्ने बताउँदै अध्यक्ष बसेलले देउखुरीकाे पर्यटकीय क्षेत्रमा माेबाइल तथा इलेक्ट्राेनिक्स व्यवसायी संघ हरेक कुरामा सकारात्मक रहि काम गर्दै आएकाे र गर्ने कुरामा प्रतिबद्ध रहेकाे बताए । साे क्षेत्रमा विभिन्न प्रजातीकाे  २५ बढि रूख तथा फुलहरू प्रजातिकाे विरुवा राेपिएकाे संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले जानकारी दिएका छन् ।

संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षता एवम् कुलपानी सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष नवराज शर्माकाे प्रमुख आतिथ्यता सम्पन्न बृक्षाराेपण तथा डस्टवीन बितरण कार्यक्रमकाे सहजीकरण महासचिव राजेश कुमार गुप्ताले गरेका थिए ।  संघले यस अघि बृद्धा आश्रममा सहयाेग, रक्तदान कार्यक्रम, विपन्न परिवारमा सहयाेग समेत गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे